चुरे क्षेत्रमा पिउने पानी अभाव
सर्लाही जिल्लाको चुरे क्षेत्रमा सुख्खा मौसम शुरुसँगै खानेपानी अभाव हुन थालेको छ । वर्षेनी यस मौसममा चुरेबासीले खानेपानीको सङ्कट बेहोर्दै आएका छन् । सुख्खा मौसमसँगै कुवा, खोला र खोल्साको धमिलो पानीमै निर्भर हुनुपर्ने स्थानीयवासीको गुनासो छ ।
चुरे भेगमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोलालगायत ठाउँका करीब एक हजार परिवार खानेपानीको पहुँचभन्दा बाहिर छन् । उनीहरूलाई फागुन लागेसँगै खानेपानीको अभाव हुन्छ ।
हरिवन नगरपालिका–१ केराबारीकी रश्मिला जिम्बाले नजीकको कुवा सुकेपछि एक गाग्री पानी लिन घण्टौंँ उकालो–ओरालो गरेर मुहानसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
४० घरधुरी रहेको बस्तीका छेउमा एउटा कुवा भए पनि पर्याप्त पानी नभएका कारण स्थानीयवासी समस्यामा परेका छन् । सो कुवाको पानी मुश्किलले चारपाँच घरलाई पुग्ने गरेको जिम्बाले बताए। लिफ्ट प्रविधिमार्फत चुरेका केही बस्तीमा खानेपानी पु¥याइए पनि खोलामा पानी सुक्दा धारामा पानी कम आउन थालेको छ । धाराको पानी थाप्न घण्टौंँ लाममा बस्नुपरेको लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गर्नुभयो । ‘पानीको मुहानै सुकेपछि धारामा पानी कम आउन थालेको छ’, रानाले बताए । एक गाग्री पानीका लागि करीब पाँच घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको लालबन्दी १५ का किरण विकको भनाइ छ ।
दूषित पानीका कारण चुरे क्षेत्रमा बेलाबेलामा झाडापखालाको महामारी फैलिने गरेको छ । वस्तुभाउ र मानिसले एउटै खोलाको पानी खाने गरेका कारण विभिन्न किसिमका सरुवा रोगसमेत लाग्ने गरेको स्थानीय चिकित्सकले बताएका छन् ।
‘धमिलो पानी छानेर खानुपर्छ, यसले बिरामी पर्ने जोखिम बढाएको छ’, ईश्वरपुर नगरपालिका १२ का अजय थिङले बताए। बढ्दो वन विनाश, उत्खनन र यस वर्ष हिउँदमा वर्षा नभएकाले खानेपानीको स्रोत सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीले जनाएको छ ।
चुरे क्षेत्रमा खानेपानीको अभाव टार्न यस क्षेत्रका स्थानीय तहले खोलाबाट लिफ्ट प्रविधिमार्फत बस्तीमा खानेपानी पु¥याए पनि मूल नै सुक्दा सो कार्य प्रभावकारी बन्नसकेको छैन । पुराना इनारकुवा मर्मत र नयाँ इनार खनेर पानी पु¥याउने योजनानुसार काम भइरहेको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले बताए । उनका अनुसार ठाउँठाउँमा डिप बोरिङ गर्न लागिएको छ । पछिल्लो समय वन विनाश हुँदै गएका कारण पनि पानीका मुहान सुक्न थालेको जनाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस