किराना पसलमा आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति

काभ्रे । काभ्रेपलाञ्चोकको पाँँचखाल नगरपालिका–४ तामाघाट बजारको एक किराना पसलमाआगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बजार क्षेत्रमा रहेको स्थानीय बासिन्दा घलबहादुर दनुवारको ट्रसले बनाएको एकतले घरको सटरमा सोही नगरपालिका–२ घर भई सटर भाडामा लिई सञ्चालन गरेका दयाराम कोइरालाको किराना पसलमा गएराती विद्युत् चुहावट भई आगलागी हुँदा पसलका सबै सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।
वडा नं ४ का वडाध्यक्ष सुन्दर तामाङका अनुसार पसललगायत पछाडिको गोदाममा रहेको सबै सामान जलेर नष्ट भएको छ । कोरोना सङ्क्रमणको प्रभावका कारण बन्दाबन्दी हुने आशङ्कामा पसलका लागि थप सामान ल्याएर गोदाम गरेर राखेको पसलमा राति अचानक विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने उनको भनाइ छ ।
आगलागी भएपछि प्रहरी चौकी पाँचखाल, सशस्त्र प्रहरी बल १५ नं गण हेडक्वार्टर पाँचखालको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको वडाध्यक्ष तामाङले बताए। आगलागीबाट पसलसँग रहेको स्थानीय प्रितीमान तामाङको फेन्सी पसलमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस