प्रहरीको सक्रियताले बालविवाह रोकियो
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो ।
दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उमेर नपुगेकी दुलही र मकवानपुर जिल्ला बकैया गाउँपालिका–७ का दुलहाबीच शुक्रबार हुन लागेको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको उनको भनाइ छ । “दुलहाको उमेर २५ वर्ष र दुलहीको उमेर १८ वर्ष ६ महिना पुगेको पायौँ”, उनले भने ।
दुवै पक्षले केटीको उमेर नपुगी विवाह नगर्ने सहमति गरेपछि दुलहा र दुलही दुवैलाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएर प्रहरीले पठाएको छ । प्रहरीले बालविवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस