कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै
दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ । जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह ( कक्षा आठ) को वार्षिक परीक्षाको तयारी थालेका हुन् ।
आँबुखैरेनी गाउँपालिकाले यही वैशाख २१ गतेबाट आधारभूत तहको परीक्षा शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । साथै अन्य कक्षाको वार्षिक परीक्षा पनि विद्यालय आफँैले वैशाख २१ गतेदेखि सञ्चालन गर्न आग्रह गरेका छन् । कक्षा आठको प्रवेशपत्र, प्रश्नपत्र र उत्तरपुस्तिका यही वैशाख २० गते गाउँपालिकाकाको कार्यालयबाट वितरण गरिनेछ ।
बन्दीपुर गाउँपालिकाले वैशाख १९ गतेदेखि आधारभूत तहको परीक्षा सञ्चालनको तयारी थालेको छ । यही वैशाख १५ गते बसेको गाउँपालिकाको बैठकले परीक्षाको मिति तय गरेको शिक्षा शाखा प्रमुख विष्णु खत्रीले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस