• जीवनशैली | Jiwanshaili
  • काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने १२ सय बढी सवारीमाथी कार्वाही


    काठमाडौं । सार्वजनिक बिदाको दिनमा निस्किएका सरकारीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।

    निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा कडाइ गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको उनले बताए ।

    यसैबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले उपत्यकाका विभिन्न स्थानमा निरीक्षणसमेत गरेको छ । निषेधाज्ञा पालना भए नभएको निरीक्षण गरिएको पराजुलीले बताए । यस्तै टोलीले वीर अस्पतालमा पुगेर कोरोना संक्रमितको उपचारको अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।

    कोरोना संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस