दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट
डडेल्धुरामा यहाँका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । परशुराम नगरपालिका–९ उदासीपुर गाईबाँधे र आलिताल गाउँपालिका–६ धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।
प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभाग कार्य प्रशासन शाखाको पत्रानुसार यस कार्यालयले उदासीपुर गाईबाँधे र धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रजिअ हरिप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा अस्थायी प्रहरी पोष्टको विधिवत् रुपमा उद्घाटन गरी कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
अहिले अस्थायी प्रहरी पोष्टका लागि स्थानीय सहकारको भवन र विद्यालयको भवनका चार कोठा लिइएको छ । प्रहरी पोष्टका लागि आवश्यक फर्निचरको व्यवस्था गाउँपालिकाले गरेको छ । अस्थायी प्रहरी पोष्टमा दुई प्रहरी हबल्दार र चार प्रहरी जवान गरी छ जना खटाइएको छ भने निकट भविष्यमै प्रहरी सहायक निरीक्षकको नेतृत्व रहने प्रमुख नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस