दश बर्षपछि बलात्कारी पक्राउ
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिका–१० घर भएका लेकबहादुर अधिकारी उर्फ गणेशलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
अपराध गरेको १० वर्षपछि उनलाई सुनसरीको खनारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए । खनारमा रहेको प्लाईउड कारखानामा काम गरिरहेको सुराकको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो
संखुवासभाको साविक खराङ गाबिस–२ का ४३ वर्षीय गणेशले १३ वर्षीया बालिाकालाई बलात्कार गरेका थिए । सो मुद्दामा ०७२ माघ १८ मा अदालतले उनलाई १२ वर्ष कैद हुने फैसला गरेको थियो । अधिकारीले २०६८ साल माघ १२ गते १३ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए । जिल्ला अदालत संखुवासभाको आदेशले उनलाई कारागार चलान गरिएको इन्सपेक्टर खतिवडाले बताए ।
ईलाका प्रहरी कार्यालय चैनपुरले यसअघि ०७८ बैशाख ६ मा लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको थियो । चैनपुर नगरपालिका–४ घर भएका ५३ वर्षीय तिलबहादुर तामाङलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक खतिवडाका अनुसार तामाङलाई जिल्ला अदालत संखुवासभाको ०७६ जेठमा लागुऔषध मुद्दामा ४ महिना २४ दिन कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस