• जीवनशैली | Jiwanshaili
  • झापा र बैतडीमा चट्याङ लागेर दुईजनाको मृत्यु


    काठमाडौं । झापा र बैतडीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।

    झापाको भद्रपुर नगरपालिका–३, किच्चकवधमा गस्ती गर्ने क्रममा प्रहरीचौकी किच्चकवध कार्यरत प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर गए राति मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका उनको ओमसाई पाथीभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

    बैतडीको पञ्चेश्वर गाउँपालिका–६, रोडीदेवल बस्ने ४५ वर्षीय गोविन्द सिंह भण्डारीको घरनजिकै गहुँ मकै पिस्ने मिलमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार