बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्।
जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलमा जिप दुर्घटना भएको हो। दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्बरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताए। दुर्घटनामा परी अन्य ६ जना घाइते भएका र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए।
सोमबार चट्याङ लागेर बैतडीमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको थियो। उनकै शव पोस्टमार्टमका लागि अस्पताल ल्याउँदै गर्दा से १ ज १२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस