दुई हजार ५०० युवालाई होटेल तालीम
कोथिना मीठो छ होटेल तालीम केन्द्रले दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान गरेको छ । विसं २०६८ सालदेखि होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले स्थापनाकालदेखि हालसम्म दुई हजार ५०० बेरोजगार युवालाई होटेल तालीम प्रदान गरेको हो । केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले केन्द्रले स्थापनादेखि हालसम्म बेरोजगार युवालाई बेकरी, हाउसकिपिङ, वरिष्टा, कुकिङ, बार टेन्डर तथा वेटरलगायत तालीम प्रदान गरिसकेको राससलाई जानकारी दिनुभयो ।
“यस केन्द्रमा तालीम लिएका युवाहरु स्वदेश तथा विदेशका विभिन्न होटेल तथा रेष्टुरेन्टमा काम गरिरहेका छन्, तालीम लिएका युवाहरु बेरोजगार बस्नु परेको छैन”, उनले भने । एसोसिएशन नेपाल आकी संस्थाबाट मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा सञ्चालित उक्त संस्थाले आम्दानी गरेको रकम विभिन्न सामाजिक संस्थालाई सहयोगसमेत गर्दै आएको छ । उक्त केन्द्रले गोरखा भूकम्पको समयमा धादिङ तथा गोरखाका ग्रामीण क्षेत्रमा सहयोग गरेको थियो ।
आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क होटेल तालीम प्रदान गर्दै आएको उक्त केन्द्रले तालीम प्रदान गर्नाका साथै इन्टनशिप, डकुमेन्टेशन र जागिरका लागि आवश्यक अन्तर्वार्ताको तयारीसमेत गर्दै आएको सिइओ पोखरेलले बताए । यस्तै, उक्त केन्द्रले होटेल तथा रेष्टुरेन्टमा लगानी गर्न सक्नेलाई आवश्यक परामर्श तथा सहयोग गर्दै आएको छ । केन्द्रले विद्यार्थीलाई होटेल तालीम प्रदान गर्नका लागि आफ्नै लगानीमा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस