• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको शव फेला


    न्यू जर्सीबाट हराई रहेका नेपाली विद्यार्थी अजय शाहको शव फेला परेको छ ।

    गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको जनाइएको छ। उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

    उनी गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए ।

    शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु अमेरिकाको टेक्ससबाट भाइको खोजी गर्न न्यू जर्सी आएका थिए ।

    नेपाल घर सिरहा भएका २२ वर्षीय शाहको शव  गत सोमबार ब्रुक लिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ ।

    अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि हिँडेको खुलासा भएको छ । गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका क्यामरामा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफ्नो साथमा  क्यामरा भिरेको देखिएको थियो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार