नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी नियन्त्रणमा
तनहुँको व्यास नगरपालिकास्थित विभिन्न ठाउँमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ ।
व्यास–५ स्थित मादी नदीको बगरबाट निषेधित समयमा नदीजन्य पदार्थ उत्खनन एवं लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ५५१४, ग १ त ३१५७ र ग १ त २६३० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सवारीलाई कारवाहीका लागि नगरपालिका पठाइएकामा प्रतिट्र्याक्टर रु आठ हजारका दरले रु २४ हजार जरिवाना भएको प्रहरीले जनाएको छ ।
त्यस्तै व्यास–१० दुम्सीस्थित मादी नदी बगरबाट अवैधरूपमा बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ४३५८ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । उक्त ट्र्याक्टरलाई पनि नगरपालिकाले रु आठ हजार जरिवाना गरेको छ ।
व्यास–७ दुलेपानीस्थित झोलुङ्गे पुलमाथि अवैधरूपमा ढुङ्गा लोड गर्दै गरेको अवस्थामा ग १ त ६४९१ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । उक्त ट्र्याक्टरलाई कारवाहीका लागि नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस