• जीवनशैली | Jiwanshaili
  • सिलाैटो प्रहार गरी श्रीमतीको हत्या


    सर्लाहीमा आफ्नै श्रीमानले सिलौटो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

    सर्लाही लालबन्दी नगरपालिका-२ पुनर्बासका ३५ वर्षीय बिजयलाल कर्णले बर्ष ३२ की उशादेबी कर्णलाई सिलौटोले टाउकोमा हानेर हत्या गरेका हुन् ।

    आइतबार दिउँसो सामान्य घरायसी विवादमा भनाभन हुँदा कर्णले श्रीमती उशादेबीको टाउकोमा सिलौटो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत मदन कुँवरले जानकारी दिनुभयो । उशादेबीको घटनास्थलमा नै मृत्यु भएको हो ।

    सर्लाहीको लालबन्दी नगरपालिका-२ का स्थायी बासिन्दा उनीहरु हरिवन नगरपालिका-११ मा डेरामा बस्दै आएका थिए ।

    घटनाको बिषयमा थप अनुसन्धान भई रहेको सर्लाही प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस