कोरोना सङ्क्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोेलमा
कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो । नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ ।
गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोहीअनुसारको उपचार गर्दै आएको गौतमले बताए । ज्वरो आएर कोरोनाको लक्षण मिल्ने खालको बिरामी भएमा पिसिआर जाँच गर्न स्वाब सङ्कलन गरी सुर्खेत पठाउने गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस