चीनले दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल ल्याइयो
काठमाडौं । चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल एअरलाइन्सको जहाजले नेपाल ल्याएको छ ।
सोमवार राती बेइजिङ गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले चार सय थान खाली अक्सिजन सिलिन्डर, एक सय ६० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर गरी ३० टन सामग्री ल्याएको हो । सिलिन्डरलगायत सामग्री त्रिभुवन विमानस्थलमै चीनले नेपाललाई हस्तान्तरण गरेको छ ।
चीनले दिने २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइएको हो । बीस हजार सिलिन्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना रहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस