बालबालिकालाई कोरोनाबाट कसरी बचाउने ?
काठमाडौं । कोरोनाको दोस्रो लहरमा विश्वका प्राय देशहरुको स्थिति दिन दिनै नराम्रो हुँदै गइरहेको छ ।
विशेषज्ञका अनुसार यस पटकको भाइरस म्यूटेटेड छ र यो बालबालिका लागि पनि उत्तिकै खतरनाक छ । यसले ठूलो संख्यामा बालबालिकाहरुलाई संक्रमित बनाइरहेको छ । विश्वमै सबैभन्दा धेरै संक्रमण अहिले भारतमा देखिएको छ भने नेपालमा पनि यसको सक्रमण बढ्दो क्रममा छ ।
यस्तो अवस्थामा आफ्ना बालबालिकालाई कोरोनाको संक्रमणबाट बचाउने र यसका लागि केहि विशेष कुराहरुलाई ध्यानमा राख्नु आवश्यक छ । पहिला बालबालिकामा धेरै ज्वरो,रुघा–खोकिको समस्या देखिने गर्दथ्यो, तर कोरोनाको दोस्रो लहरमा विभिन्न प्रकारका लक्षण देखिन थालेको छ । यो पटक कोरोना भाइरसले ११ वर्ष देखि १७ वर्षसम्मका बालबालिकालाई धेरै संक्रमित बनाइरहेको विशेषज्ञको भनाई छ ।
बालबालिकामा देखीने कोरोनाका लक्षणहरु
लामो समयसम्म उच्च ज्वरो आउनु पखाला लाग्नु
बान्ता र पेट दुख्नु
सुख्खा खोकि
हात खुट्टा सुनिनु
मांसपेशिहरु दुख्नु
छालामा रातो दाग देखिनु
बालबालिकामा चिडचिडापन देखिनु
बालबालिकालाई कोरोना हुनबाट कसरी बचाउने ?
बालबालिकालाई घरबाट बाहिर निस्कन दिनु हुँदैन । उनीहरुलाई मास्क लगाउन र हात पटक पटक साबुन पानीले धुन लगाउनु पर्छ ।आमाबुबा अथवा घरका कुनै पनि सदस्य बाहिरबाट आउनासाथ बालबालिकालाई भेट्नु भन्दा पहिला लुगा फेर्ने सम्भव भएसम्म नुहाउनु पर्छ । नुहाउन सम्भव भएन भने हात खुट्टा र मुख राम्रोसंग धुनु पर्छ ।
बालबालिकालाई ब्रिदिङ एक्सरसाइज गराउनु पर्छ ।
यसपटकको कोरोना भाइरसले सोझै फोक्सोमा हमला गरिरहेको छ । फोक्सोलाई नराम्रोसंग क्षति ग्रस्त गरिरहेको छ, जसका कारण सास फेर्न समस्या हुन थालेको छ र अक्सीजनको आवश्यकता परिरहेको छ । यस्तो स्थितिमा आफ्ना बालबालिकालाई ब्रिदिङ एक्सरसाइज गराउनु पर्छ । जसले उनीहरुको फोक्सो बलियो हुन्छ र अक्सीजनको स्तर सामान्य भइरहन्छ । जसका लागि बालबालिकालाई बेलुन फुलाउन पनि दिन सक्नु हुन्छ । यसले फोक्सो बलियो हुन्छ ।
बालबालिकाको खानामा ध्यान दिने
बालबालिकामा कोरोना संक्रमणको खतरा कम गर्नका लागि उनीहरुलाई दिनहुँ मन तातो पानी पिउन दिनु पर्छ । यसको साथै राति सुत्नु अगाडि बेसार हालेर दुध पिउन दिनु पर्छ । यसो गर्दा भाइरल संक्रमणसंग लड्न सहयोग पुग्छ । उनीहरुलाई अमिला फलफुल सेवन गर्न दिनु पर्छ । यी फलहरुमा रोग प्रतिरोधक क्षमता बलियो हुन्छ । बढि मात्रामा हरीयो र ताजा तरकारी खान दिनु पर्छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस