कुम्लिक सामुदायिक स्वास्थ्य एकाइमा शुद्ध पानीको अभाव
हुम्लाको सिमकोट गाउँपालिका–१ मा रहेको कुम्लिक सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या भएको छ । स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी भइसक्दा पनि खानेपानीको व्यवस्था नहुँदा शुद्ध पिउने पानीबाट कर्मचारी र सेवाग्राही वञ्चित हुनुपरेको छ ।
दैनिकजसो उपचार गर्न आउने बिरामीका लागि र सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीका लागि खानेपानी नभएपछि शुद्ध खानेपानीबाट वञ्चित हुनुपरेको सोही संस्थाका अनमी उषा भण्डारीले गुनासो गरे । उनले भने, “दैनिक आएका बिरामीको घाउ सफा गर्न तथा अन्य कामका लागि पानी चाहिन्छ तर खोलाको पानी ल्याएर प्रयोग गर्नुपरेको छ ।” कर्मचारीलाई शुद्ध खानेपानी नभएपछि हाल दोजामखोलाबाट आउने धमिलो पानी पिउनुका साथै प्रयोग गर्नुपरेको बताए ।
“स्वास्थ्य संस्थामा पानी ल्याएको भए यतिखेर खोलाको धमिलो पानी खानु पर्दैनथ्यो”, अनमी भण्डारीले भने । स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीलाई समेत खानेपानीको व्यवस्था हुन सकेको छैन । उक्त स्वास्थ्य संस्थाका लागि पटक–पटक पानीको व्यवस्थाका लागि सिमकोट गाउँपालिका र प्रदेश सरकारलाई अनुरोध गर्दासमेत सुनुवाइ नभएको बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस