साधना लघुवित्तद्वारा स्वास्थ्य सामग्री सहयोग
साधना लघुवित्त वित्तीय संस्थाले सामारी टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौँलाई रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० रेशम न्यौपानेले नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको राससलाई जानकारी दिए । “अतिविपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति र मजदूर परिवारलाई सहयोग गर्ने लक्ष्यअनुसार स्थापना भएको सामरी टन ट्रष्टलाई हामीले मास्क, स्यानिटाइजर, पञ्जा, साबुन, फेसशिल्ड सहयोग गरेका हौँ”, उनले भने ।
वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समुदायको मनोबलमा थप योगदान पुग्ने विश्वाससमेत लिइएको छ । वित्तीय संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत गर्ने सिइओ न्यौपानेले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस