हावाहुरीले तरकारी तथा फलफूल खेतीमा क्षति
बाँकेमा गए राति आएको हावाहुरीले किसानको तरकारी तथा फलफूल खेतीमा ठूलो क्षति पु¥याएको छ । हावाहुरीले व्यावसायिक रुपमा खेती गर्दै आएका किसानलाई ठूलो क्षति पुगेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा कृषक गेहेन्द्र धितालले बताए ।
उनका अनुसार, गए राति आएको हावाहुरी सँगैको पानीले पाकेर ठिक्क भएको टमाटर कामै नलाग्ने गरी क्षति पु¥याएको छ । यसैगरी, लौकी, करेलालगायत तरकारी र आँप तथा लिचीको फल झारेर लाखौँको क्षति पु¥याएको छ ।
खजुरा गाउँपालिका–२ मा रहेको खजुरा नेचर गार्डेन एन्ड एग्रो फार्ममा पनि हावाहुरीले ठूलो क्षति पु¥याएको छ । गए राति आएको हावाहुरीले रु २० लाखभन्दा बढीको नोक्सानी पु¥याएको सञ्चालक टिएस ठकुरीले जानकारी दिए ।
फार्ममा टमाटर, क्याप्सिकम, लौकी, करेला उत्पादन भइरहेको छ । त्यहाँ उत्पादन हुने तरकारी फार्मबाटै खरीद बिक्री हुने गरेकामा हावाहुरीले नोक्सानी पु¥याएपछि लाखौँको क्षति भएको ठकुरीको भनाइ छ ।
हावाहुरीले सबैभन्दा ठूलो क्षति आँप र लिचीको फलफूल खेतीमा पु¥याएको छ । कोहलपुर नगरपालिका–१५ तीनघरुवास्थित व्यावसायिक आँप तथा लिची खेतीमा ठूलो क्षति पु¥याएको पञ्चशील कृषि फार्मका सञ्चालक सूर्य ढकालले बताउनुभयो । उनका अनुसार, आँप र लिचीका फल हावाहुरीले भुइँभरि बनाएको छ । यो वर्ष आँप पर्याप्त फल नलागेर आम्दानी कम हुने अपेक्षा गरेकामा हावाहुरीले थप क्षति पु¥याएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक तरकारी तथा फलफूल खेती गरेका किसानले हावाहुरीले क्षति पु¥याएको गुनासो गरेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । किसानको क्षति विवरण सङ्कलन गरेर क्षतिको यकिन गरिने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस