• जीवनशैली | Jiwanshaili
  • तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जना पक्राउ


    काठमाडौं । यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक महाशाखाको टोलीले उनीहरुलाई कलंकी र बसपार्कबाट पक्राउ गरको हो ।

    पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका हृदय नारायण साह र बसपार्कबाट बर्दियाका कृष्ण चौधरी रहेका छन् । साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तिन गुणासम्म बढि भाडा लिएका थिए । यस्तै चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखि तिन हजारसम्म लिने गरेको पाइएको छ । उनले ना ७ ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढि भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

    दैनिकजसो बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरूलाई निगरानी गरि हालसम्म महाशाखाले २८ जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको महाशाखाले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार