• जीवनशैली | Jiwanshaili
  • जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन


    काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो ।

    ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए ।

    कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा राय यादवको पनि बुधबार नै निधन भएको छ ।

    फाइल तस्बिर


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार