सडक कालोपत्रे शुरु
सर्लाहीमा भारतसँग सीमा जोडिएको लक्ष्मीपुर बलाराबाट गढैयासम्म सडक कालोपत्रे गरिने भएको छ । भारत सरकारको रु ४ करोड ४४ लाख ८० हजार सहयोगमा कालोपत्रे सडक निर्माण हुनेभएको भएको हो ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार तथा रौतहट चन्द्रनिगाहापुरस्थित डिभिजन सडक विभाग प्रमुख विनोद कुमार मौवरले संयुक्त रुपमा सडकको उदघाट्न गरेपछि निर्मााण काम सुरु भएको हो । ‘नेपाल भारत विकास सहकार्य’ अन्तर्गतको सहयोगमा सो कार्य हुने भएको भारतीय राजदूतावासका प्रवक्ता नविन कुमारले जानकारी दिए ।
सडक निमार्णका लागि भारतीय दूतावास काठमाडौं र भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालय अन्तर्गत जनकपुर सडक विभाग डिभिजन सडक विभाग मुजेलिया बीच सम्झौता भएको थियो । हालमा उक्त परियोजना चन्द्रनिगाहपुर सडक विभाग अन्तर्गत रहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस