• जीवनशैली | Jiwanshaili
  • असिनापानीले ३० बिगाह क्षेत्रफलमा लगाएको तरकारीमा क्षति


    दाङ । बुधबार परेको असिनापानीले दाङको तुलसीपुर उपमहानगरपालिका १३ बखरियाका किसानले करिब ३० बिगाह क्षेत्रफलमा लगाएको तरकारीमा क्षति पुर्‍याएको छ ।

    असिनासहितको पानी र हावाहुरीले तरकारी खेतीमा क्षति पुर्‍याएको स्थानीय शिशिर रावतले जानकारी दिए । लकडाउनका कारण विभिन्न समस्या व्यहोर्दै आएका किसाहरू तराकारी खेती असिनाले सखाप बनाएपछि निराश बनेका छन् । बखरियामा करिब ३० बिघा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । त्यहाँ लगाइएको टमाटर, खुर्सानी, भेडे खुर्सानीलगायतमा असिनापानीले क्षती पुर्‍याएको छ ।

    केहीले जग्गा भाडामा लिएर तथा केहीले आफ्नै जग्गामा तरकारी खेती गरेका छन् । अधिकांशले टमाटर खेती गरेका र टमाटर खेतीको पहिलो वर्षमै असिनाले क्षति पुर्‍याएको किसान रावतले बताए । त्यस क्षेत्रमा तरकारी खेती गरिरहेका ७ ८ जना किसानको प्रत्येकको ५ देखि ७ लाखसम्म क्षति भएको किसानले बताएका छन् ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार