• जीवनशैली | Jiwanshaili
  • चट्याङ लागेर एक महिनामा २१ जनाको मृत्यु


    काठमाडौं । गएको एक महिनामा चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

    गएको वैशाख १ गतेदेखि वैशाख ३० गते बिहीवारसम्ममा देशका विभिन्न भागमा चट्याङ लागेर २१ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै एक महिनाको अवधिमा ८४ जना घाइते भएका छन् भने एक करोड ४५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

    त्यस्तै एक महिनाको अवधिमा आगलागीबाट सात जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । एक महिनामा आगलागीबाट दुई करोड ८५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्राधिकरणले जनाएको छ । वैशाख महिनामा जनावरको आक्रमणबाट तीन जना र हावाहुरीबाट एक जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार वैशाख महिनामा भएका दुई सय ४० वटा विपद्का घटनामा ३२ जनाको ज्यान गएको छ ।

    एक सय ३४ जना घाइते भएका छन् । घटनामा ३३ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार