निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नामाकरण
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीको नामबाट राखिएको छ । एघार दिन अघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार “शेषचन्द्र गज” राखिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए । उनी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो । निकुञ्जले संरक्षण शहिद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीको सम्झनामा छावाको नाम राखिएको वरालले जानकारी दिए । चौधरीको स्मृतिमा माडी ठोरी हुलाकी सडकको निकुञ्ज क्षेत्रमा पार्टी र चौतारी वनाउने योजना रहेको बरालले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस