कुहिने फोहोरबाट मल उत्पादन
तनहुँ जिल्लाको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन गरेको छ । नगरपालिका–१० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरलाई व्यवस्थापन गरेसँगै प्राराङ्गिक मल उत्पादन गरिएको हो ।
गत फागुन महिनादेखि उक्त स्थानमा कुहिने र रत्यौली नजिक नकुहिने फोहोर विर्सजन गरिदै आएको छ । बुधबार डोजरको सहायताले मल बाहिर निकाल्न थालिएको गौ संरक्षण तथा प्राङ्गरिक मल उत्पादन केन्द्रका अध्यक्ष एवं वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । दुई वटा खाडल खनेर कुहिने फोहोर राखेर मल उत्पादन गरिएको उनले बताए ।
मल प्रयोग गरी सुपरनेपियर, इपिल इपिल, मठ, पारा, मकैचरी लगायतको उन्नत घाँस लगाउने योजना रहेको छ । उहाँले भन्नुभयो “गौ संरक्षण केन्द्रमा हाल ५५ वटा गाई रहेकोले घाँस उत्पादनको लागि ट्रयाक्टरले जोतेर घाँस रोप्न लागिएको छ ।” वडा नं २, ३, ४ र १ बाट दैनिक बाह्र टन फोहोर सङ्कलन हुने गरेकोमा करिब ४० प्रतिशत कुहिने फोहोर रहेको नरपालिकाका वरिष्ठ अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिए ।
कुहिने फोहोरबाट भतेरीमा बायोग्याँस प्लान्ट जडान गरी विद्युतसमेत उत्पादन गरिसकिएको उनले बताए । छाडा चौपाया जथाभावी छाड्दा सवारी दुर्घटना वृद्वि हुन थालेपछि नगरपालिकाको सक्रियतामा गौ संरक्षण केन्द्र स्थापाना गरिएको हो । केन्द्रमा गाई ब्याएपछि स्थानीय विपन्न परिवारलाई सुपथ मूल्यमा प्रदान गर्ने योजना रहेको वडाध्यक्ष सापकोटाले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस