• जीवनशैली | Jiwanshaili
  • ‘स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका’


    स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘विपत्मा कसरी जोगिएर पत्रकारिता गर्ने रु’ विषयक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्राध्यापक रामकृष्ण रेग्मीले विगतमा सङ्क्रमणको समयमा गरेको पत्रकारितालाई आधार मानेर आगामी दिनमा पत्रकारिता गर्नुपर्ने बताए ।

    “मुलुक स्वास्थ्य सङ्कटको अवस्थामा पुगेको समयमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ”, उहाँले भन्नुभयो । उहाँले कोरोना महामारीको एक वर्ष बितिसक्दा पनि हामीले पत्रकारिता क्षेत्रमा कसरी सुरक्षित बन्ने भनेर मापदण्ड अपनाउन नसक्नु दुःखद कुरा भएको बताए ।

    सञ्चारकर्मीले समाचार सङ्कलनका लागि ठूलो मिहिनेत गरे पनि समाचार सङ्कलनका लागि ठूलो चुनौती रहेको उहाँको भनाइ थियो । जोन हप्किन्स विश्वविद्यालय अमेरिकाका डा विशाल भण्डारीले मानसिक र शारीरिक स्वास्थ्यलाई बलियो बनाउँदै स्वास्थ्य मापदण्डलाई अपनाएर पत्रकारिता गर्न आम सञ्चारकर्मीलाई आग्रह गरे ।

    “अस्पताल क्षेत्रमा समाचार सङ्कलन गर्न जाँदा पत्रकारले माक्स, स्यानिटाइजर लगाएर पत्रकारिता गर्दा आवश्यक सञ्चार सामग्रीलाई डी इन्फेक्शन गर्नुपर्छ”, उनले भने । अस्पतालमा समाचार सङ्कलन गर्दा चिकित्सक, नर्सलाई प्रश्न सोधेर डिस्टर्ब गर्न नहुने उनको भनाइ थियो ।

    उनले सञ्चारकर्मीलाई अन्तर्वार्ता लिँदा बन्द कोठाभन्दा बाहिरी वातावरणमा लिन राम्रो हुने उल्लेख गर्नुभयो । डा भण्डारीले अहिलेको भेरियन्ट चाँडो फैलिन सक्ने तथ्याङ्क सार्वजनिक भएकाले सचेत रहेर पत्रकारिता गर्न आग्रह गरे ।

    प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारको पेशागत सुरक्षा र स्वास्थ्य सुरक्षाका लागि प्रतिष्ठान प्रदेशले निरन्तर आवाज उठाउँदै जाने बताए । उहाँले कोभिडको महामारीका समयमा जोगिएर पत्रकारिता गर्न सबै श्रमजीवी पत्रकारलाई आग्रहसमेत गरे ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार