पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह
नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ । महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना भाइरसविरुद्धको खोपका लागि कुनै कागजपत्र आवश्यक परे महावाणिज्यदूतावासमा सम्पर्क राख्न आग्रह गरे ।
कोरोना भाइरसविरुद्ध जीत हासिल गर्न नेपाल र भारतका स्वास्थ्य मापदण्ड अपनाउन, घरैमा बस्न तथा सबै नेपाली एकजुट हुन पनि उहाँले अनुरोध गरेका छन् । यसैबीच श्रीश्रीश्री जानकीमाता नेपाली धार्मिक सङ्घले कोरोनापीडित नेपालीका लागि दुई एम्बुलेन्समार्फत निःशुल्क घुम्ती सेवा शुरु गरेको छ । नेपालीहरु कसैलाई अस्पताल जानआउन वा अन्य समस्या भएमा एम्बुलेन्स सेवा लिन आग्रह गरिएको सङ्घका सभापति गुञ्जदास श्रेष्ठ र जानकी माता नेपाली महिला कल्याणकारी कोषका अध्यक्ष रमा शर्मा पौडेलले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस