चितवनमा एक लाख ७८ हजार बढी नगदसहित ७ जना जुवाडे पक्राउ
चितवन । चितवनमा एक लाख ७८ हजार रुपैयांँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन ।
पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ८ का घरधनी रोशन श्रेष्ठ, सोही वडाका तिलक बहादुर मगर, कमल श्रेष्ठ रहेका छन् । यस्तै कमल श्रेष्ठ, टोप बहादुर गुरुङ्ग, भिम बहादुर श्रेष्ठ, नील पुन र प्रेम प्रसाद महत्तो पक्राउ परेका हुन् ।
रोशन श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सरोज गिरीले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस