उपत्यकामा निषेधाज्ञा उल्लंघन गरी चलाएका ५ सय ७६ सवारी साधन प्रहरी नियन्त्रणमा
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गरी चलाएका ५ सय ७६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ५ सय ७६ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ४ सय ५५ वटा २ पाङग्रे, ९० ओटा चारपाङ्ग्रे, ६ ओटा ट्याक्सी र २५ वटा अन्य ठूला सवारी साधनलाई होल्ड गराइएको छ । उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधनहरू भने सञ्चालन भइरहेका छन् ।
यस्तै, निषेधाज्ञा भएका देशका अन्य जिल्लाहरूमा पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस