घाँटी रेटेर दुई बालकको हत्या
बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको बारा प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् ।
कलैया उपमहानगरपालिका-७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
सोमबार बलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएका रहेछन, बिहान घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।’ उनले भने ‘ घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहयोग लिदैछ । प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको डिएसपी मिश्रले बताए । ‘
वरपर हेर्दा हतियार पनि फेला परेको छैन, उनीहरु कहाँ गएका थिए, कसलाई भेटे लगायतका बारेमा सोधपुछसँगै तालिम प्राप्त कुकुरको पर्खाइमा छौं ।’ उनले भने ‘कसले किन हत्या गरेको हो ? को को संलग्न छन ? पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस