दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
दैलेख । दैलेखको दुल्लु नगरपालिका–३ सियाला नजिक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जीप दुर्घटनामा गोठीचौर गाउँपालिका ४ गर्ज्याङकोटका जीप चालक ३८ वर्षीय रामहरी न्यौपाने र जीपमा सवार त्यही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप दुर्घटना भएको हो । ब्रेक फेल भइ दुर्घटना भएको अनुमान गरिए पनि घटनाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस