• जीवनशैली | Jiwanshaili
  • करिब २ लाख नगद सहित ४ जना जुवाडे ठमेलबाट पक्राउ


    काठमाडौं । काठमाडौं महानगरपालिका २६ ठमेलमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्।

    ठमेलस्थित यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने धादिङ निलकण्ठ नगरपालिका ११ घर भएका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९१ हजार १५० रुपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार