• जीवनशैली | Jiwanshaili
  • झण्डै २२ लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ


    मोरङ । हुण्डी कारोबार गरेको आरोपमा मोरङबाट तीन जना झण्डै २२ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

    मोरङ प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित रोडशेष चोकबाट तीन जनालाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले झण्डै २२ लाख रुपैयाँसहित बिहीबार ३ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक डिएसपी मानबहादुर राईले जानकारी दिए।

    पक्राउ पर्नेमा विराटनगर वडा १३ का २५ वर्षीय श्रवण साह, ३३ वर्षीय अमृतकुमार साह र रंगेली नगरपालिका वडा १ का २५ वर्षीय जिज्ञासा चौधरी छन्। प्रहरीले श्रवणबाट २१ लाख ७१ हजार ५०० रुपैयाँ बरामद गरेको हो। त्यस्तै, जिज्ञासाबाट २३ हजार भारतीय रुपैयाँ फेला पारेको हो।

    उनीहरूबाट विभिन्न बैंकको चेक समेत प्रहरीले बरामद गरेको छ। राईका अनुसार उनीहरूले २०७७ चैत महिनादेखि ह्वाट्सएपमार्फत् हुण्डी कारोबार गर्ने गरेको खुलेको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार