दृष्टिविहीन परिवारलाई निषेधाज्ञाले दैनिक गुजारा चलाउन सकस
मध्यपुर थिमि नगरपालिका–२ सानोथिमिमा डेरा गरी बस्ने कमला अधिकारीको आम्दानीको मुख्य स्रोत अगरबत्तीको व्यापार हो । शहर बजारका पसलपसल र घरघर डुलेर अगरबत्ती बेचेर गुजारा चलाउँदैं आएकि कमलाको आम्दानी अहिले बन्द भएको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि गते १६ गते वैशाखदेखि निषेधाज्ञा लागू गरेपछि उनको व्यवसाय पनि बन्द भएको हो ।
कमला दृष्टिविहीन हुनुहुन्छ । उनको परिवारमा उनको सासू, ससुरा, श्रीमान्, आमाजू र आठ वर्षको नानी गरी छ सदस्य छन् । ससुरा क्यान्सरले पीडित छन् । सासू दम र मधुमेहका बिरामी छन् । उनसँगै श्रीमान् र आमाजू पनि दृष्टिविहीन भएको उनले बताए । अरू बेला अगरबत्ती बनाएर काठमाडाैँ काे मुख्य बजार कोटेश्वर, न्युरोड, असनलगायत ठाउँमा होलसेलमा बेचेर जीविकोपार्जन गर्दै आएकी उनको निषेधाज्ञाले दैनिक गुजारा चलाउन सकस भएको बताए ।
सानोठिमिमै बस्ने दीपक सिंह पनि निषेधाज्ञाअघि अगरबत्ती बेच्थे । उनि पनि दृष्टिविही छिन् । उनको परिवारको दैनिक गुजारा पनि यही अगरबत्ती बेचेर आएको कमाईले चल्दै थियो । निषेधाज्ञासँगै व्यवसाय बन्द भएपछि अहिले उनलाई पनि दैनिक गुजारा चलाउन मुस्किल भएको छ ।
कमला र दीपक जस्तै सानोठिमि क्याम्पस वरिपरि दृष्टिविहीन र अपाङ्गता भएका २६ परिवारको बसोबास छ । सोमध्ये १८ परिवार दृष्टिविहीन र आठ परिवार शारीरिक अपाङ्गता भएका छन् । तिनीहरु अधिकांशको आयस्रोत भनेकै अगरबत्ती व्यवसाय हो । अहिले कोरोनाको महामारीले निषेधाज्ञा लागू गरेदेखि तिनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । निषेधाज्ञाअघि धूप बेचेर गुजार चलाइरहेका उनीहरु लामो समयको बन्दका कारण मारमा परेका छन् ।
निषेधाज्ञाले व्यवसाय बन्द हुँदा दृष्टिविहीनलाई दैनिक गुजारा चलाउनै मुस्किल भएको दीपकले बताइन् । “कोरोना महामारीको समयमा रोगले भन्दा पनि भोकले मर्ने हो कि भन्ने चिन्ताले सताएको छ”, उनले भनिन् ।
निषेधाज्ञाअघि धूप बेचेरै दैनिक रु ५०० सम्म आम्दानी गर्दै आएका दृष्टिविहीन परिवार अहिले कमाई नहुँदा रासनपानीसमेत सकिएको बताउँछन् । “अगरबत्ती बेचेर दैनिक रु ५०० कमाई हुन्थ्यो तर अहिले त्यो पूर्णरुपमा बन्द छ”, कमलाले भनिन्, “यस्तै हालत हुने हो भने मासिक आउने एक हजार ५०० अपाङ्ग भत्ताले दैनिकी गुजार्नुको विकल्प छैन ।”
बन्दका कारण कुनै आर्थिक गतिविधिसमेत नभएपछि घरमा चामल, दाल, ग्यासलगायत अत्यावश्यक सामग्री सकिएको दीपकले बताए। दीपकले भने, “हामीसँग भएका खाद्यान्न, ग्यासलगायतका दैनिक गुजारा चलाउनुपर्ने सामग्री सकिएको छ, केही दिनदेखि विभिन्न सङ्घसंस्थासँग हारगुहार गरिरहेका छौँ, तर कोही पनि सहयोग गर्न तयार भएको छैन ।”
कसरी दैनिक गुजारा गर्ने सोचले मानसिक तनाव हुने गरेको दीपकले बताउनुभयो । डेरामा बस्ने दीपकले छाक टार्नसमेत कठिन अवस्था आएको बेला कसरी कोठाभाडा तिर्ने भन्ने चिन्ताले थप सताउने गरेको जानकारी दिए । “घरबेटीले भाडा त माग्न आएका छैनन्, मागी हाले के गर्ने भन्ने चिन्ताले सताउँछ”, उनले भने ।
स्थानीय तह र सरकारले पनि दृष्टिविहीनको समस्याबारे चासो नदिएको उनीहरुको गुनासो छ । “यस्तो बेलामा पनि स्थानीय तह र सरकारले कुनै सुविधा दिएको छैन,। अरू नभए पनि दैनिक गुजाराका लागि केही राहत सुविधा दिए हुन्थ्यो, तर त्यो पनि छैन”, दीपकले भने । दीपक सानोठिमि क्याम्पसमा अध्ययनरत विद्यार्थीसमेत छन् । निषेधाज्ञाका कारण दृष्टिविहीन परिवार भोकभोकै हुन थालेपछि उनीहरु दीपकको नेतृत्वमा सङ्गठितसमेत भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस