टिभी खोल्दा करेण्ट लागेर एकको मृत्यु
राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा टेलिभिजन हेर्न खोज्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका–३ हर्दिया बस्ने सन्तोष यादवकी २४ वर्षीया श्रीमति अमृतादेवी यादवको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घरमा जडान रहेको टेलिभिजनको ‘स्वीच’ खोल्ने क्रममा करेन्ट लागी उनी घाइते भएको परिवारका सदस्यले बताएका छन् ।
घाइतेलाई तत्काल उपचारको लागि रुपनीस्थित युनिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस