• जीवनशैली | Jiwanshaili
  • राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोत्ने नेपाल विद्यार्थी संघका नेता त्रिपाठी


    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनका क्रममा नेपाल  विद्यार्थी   संघका नेता नवराज त्रिपाठी पक्राउ परेका छन् । आज  नयाँ बानेश्वरमा नेपाल विद्यार्थी संघले गरेको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर छ्याप्दा आन्दोलनबाट  नै माहानगारीय प्रहरीले उनलाइ प्रकाउ गरेका हुन् ।

    “मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमको विरुद्द प्रतीकात्मक विरोधस्वरुप प्रतिगमनका मतियार, दिमागमा गोबर भरिएका विद्या भण्डारी तथा केपी शर्मा ओलीक तस्बिरमा  गोबर  पोत्ने कार्यक्रममा आज काठमाडौं, बानेश्वरमा नेपाल विद्यार्थी संघका साथीहरुमाथि गरिएको प्रहरी हस्तक्षेप निन्दनीय छ,” नेविसंघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमिल्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोही क्रममा संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट गरिएको गिरफ्तारप्रति घोर भर्त्सना गर्दै विनासर्त तत्काल रिहाइको लागि जोडदार माग गर्दछौँ,” विज्ञप्तीमा भनिएको छ ।

    संघका नेता–कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपतिको फोटोमा गोबर लगाएर सांकेतिक विरोध गरेका थिए । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।

    नेपाल विद्यार्थी संघले आज पक्राउ परेका त्रिपाठीलाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग  गरेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार