• जीवनशैली | Jiwanshaili
  • प्यूठानमा घर भत्किँदा च्यापिएर एकै परिवारका तीनजनाको मृत्यु


    प्यूठान । प्यूठानमा घर भत्किँदा च्यापिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

    नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा शनिबार राति घर भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय वोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र तीन वर्षीय छोरा शिशिर मल्ल रहेको प्यूठान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

    गैरेका अनुसार एउटा कोठा मात्र भत्केको थियो । बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना कतिबेला भयो भन्ने अनुमान गर्न नसकिएको प्रहरीले बताएको छ । चार छोरीहरु भने अर्को कोठामा रहेकाले सकुसल छन् ।

    खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार