‘पानी बोकेरै कपाल फुल्यो’
बझाङ – काँडाचौरका प्रायः घरका एकजनाको काम दिनभर पानी ओसार्ने मात्रै रहेको छ । गाउँमा खानेपानी नहुँदा १५० घरपरिवारले चरम समस्या झेल्दै आएका छन् ।
स्थानीयवासी न्युमा धामी उमेरले ६० वर्ष पुगिन् । उनीले पानी बोक्दाका व्यथा भनिन्,“कपाल पूरै फुलिसक्यो । यहाँ विवाह गरेर आएदेखि पानी बोक्न एकदिन खाली छैन । पानी बोक्दा बोक्दै बूढी भइसकेँ । दुई घण्टा हिँडेर पानी बोक्नुपर्छ । गोठमा गाईगोरु कराउँदैछन् । गाउँमा झगडा नभएको दिन छैन । गाउँको धारामा अलिअलि पानी आउँछ । त्यही भर्नका लागि लुछाचुँडी हुने गर्छ । पानीले दाजुभाइहरुसँग बोलचाल नै बन्द भएको छ ।”
त्यस्तै जसुली धामीले पानीको चिन्ताले रातभर निन्द्रा नलाग्ने बताइन् । उनले भनिन्, “पानीका चिन्ताले रातभर निन्द्रा नै लाग्दैन । पानी नभएकै कारण कतिपय दिन भोकै समेत बस्ने गरेका छाैँ । ठूलो परिवार भयो । पानी धेरै चाहिन्छ । दिनानुदिन एकजनालाई त पानीकै जिम्मा दिएर पानी मात्रै बोक्ने काम लगाउनु पर्छ । धेरै वर्षअगाडि गाउँमा घरधुरी कम थिए । पछिल्लो समय घर बढेसँगै वनजङ्गल पनि मासिँदै गएको र पानीको पनि मुहानहरु सुक्दै गएकाले पानी अभाव भएको छ । केही वर्षअगाडि गाउँमा धारा बनाउने भनेर सामान बोकेर हामीले गाउँसम्म ल्यायौँ । सामान बोकेको न त ज्याला पायौँ, न त धारा नै बन्यो ।”
काँडाचौर मात्र नभएर वडा नं ७ को भामचौरमा पनि उस्तै समस्या रहेको स्थानीयवासी धनबहादुर धामीले जानकारी दिए । पानी नभएका कारण कतिपय मानिसले बसाइँसराइ समेत गरेका छन् ।
ती दुई गाउँमा खानेपानीको समस्या अन्त्य गर्न प्रदेश र गाउँपालिकाले रकम छुट्याइएको केदारस्यु गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस