बंगालको खाडीमा आउने ‘यास’ चक्रवातको असर नेपालमा पनि पर्ने
काठमाडौँ- बंगालको खाडीमा धेरै शक्तिशाली चक्रवात बन्दै गरेको र त्यसको असर नेपालमा पनि पर्ने देखिएकाले आम नागरिकलाई सजग रहन मौसमविद्ले आग्रह गरेका छन्।
जुन चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गरेका छन्। भारतमा त यसको ठूलो असर पर्ने भएकाले क्षति कम गर्न पूर्व तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएका छन्।
नेपालमा पनि त्यसको केही असर पर्ने सम्भावना औंल्याउँदै मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरेको हो।
बुधबारदेखि वर्षा सुरु हुने सम्भावना छ। कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ, यस विषयमा सरोकारवाला सबै चनाखो हुनुपर्ने मौसम विभागले जनाएको छ ।
विशेष बुलेटिनमार्फत आफूहरूले भोलि मंगलबारदेखि नै हिमाली क्षेत्रमा पर्वतारोहण बन्द गर्न आग्रह गरेको विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस