जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते
बारा । बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
सोमबार बिहान रौतहटको गुजरा नगरपालिकाबाट जन्ती लिएर गएको ना४ ख ४७४९ नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिकाको डकाहमा दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएकामा ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको उपचारको लागि जिल्ला अस्पताल कलैया लगिएको जनाइएको छ । बस तिव्र गतिका कारण दुर्घटना भएको जनाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस