उपत्यकाका तीन सिडिओको बैठक बस्दै, थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउने तयारीमा
काठमाडौं / मङ्गलवार उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक मङ्गलवार ११ बजे बस्दै छ। सो बैठकले थप ७ देखि १५ दिन सम्मको लागी उपत्यकामा निषेधाज्ञा कायम राख्ने निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम कुमार भट्टराईले जानकारी दिए।
पूर्वनिर्धारित निषेधाज्ञाको समय सकिन अझै दुईदिन बाँकी छ। तर, स्वास्थ्यमन्त्रीले स्वास्थ्य संकटकाल समेत लगाउन सक्ने संकेत गरेको भोलिपल्टै बस्न लागेको निषेधाज्ञा थप गर्ने तीन सिडिओको बैठकले निषेधाज्ञा अझ कडा गर्ने निर्णय हुन सक्ने अनुमान गरिएको छ।
हालै सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने कुरा आजको बैठकमा बिशेष रुपले चल्फको विषय बन्ने देखिएको छ।
‘हाम्रो प्रारम्भिक छलफलले थप १५ दिनसम्म निषेधाज्ञा बढाउने कि भन्ने योजना बनेको छ। यदी सात दिनमा नै कोरोनाको चेन ब्रेक हुने देखियो भने एक हप्ता भन्दा लामो समयको लागि निषेधाज्ञा नथप्ने कि भन्ने पनि छ।’ भट्टराईले भने।
सरकारले हालै जारि गरेको अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्म हुन सक्ने व्यवस्था गरेको छ । सो अध्यादेशको निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाख रुपयाँसम्म जरिवानाको समेत व्यवस्था गरेको छ ।
मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक एक सय रुपैयाँ जरिवाना लिनसक्ने, मानिसको आवतजावतमा रोक लगाइएको अवस्थामा हिँडडुल गर्दा दुई सय रुपैयाँ असुल गर्ने व्यवस्था नयाँ अध्यादेशमा छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस