हात्तीको आक्रमणबाट २ जनाको मृत्यु
बर्दिया – बर्दियामा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । गएराति जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बिक र निजको छोरी बर्ष ३ की दीपिका बिकको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
आफ्नो घरमा बसी रहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट दुई वटा जंगली हात्ती आई उनीहरुलाई आक्रमण गरेको थियो ।
आमा चन्द्राको घटनास्थलमै र छोरी दीपिकाको नेपालगन्ज मेडिकल कलेजमा आज बिहान उपचारकै क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस