कोरोना कहर : मास्क लगाएर नै खेतीपाती
बलेवा – कोरोनाको सङ्क्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन् । मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान दिने र सामाजिक दुरी कायम गर्ने मान्यतालाई ग्रामीण क्षेत्रमा पालना गर्न थालेको किसानले बताए । ‘‘काम नगरी खान पाइँदैन, तर सामाजिक दुरी बनाएर काम गरेका छौं’’ बागलुङ नगरपालिका—१२ अमलाचौरकी पार्वती आचार्यले भने, ‘‘मकै गोड्न जाँदा पनि मास्क अनिवार्य गरेका छौंँ ।’’
बालबालिका, बुढाबुढीसहित सबैलाई मास्कको आवश्यकताबारे स्वास्थ्यकर्मीले जानकारी गराएका थिए ।
शुरुआतमा अटेर गरेकाहरु गाउँघरमा सङ्क्रमित थपिएपछि मात्रै डराएर लगाउन थालेका हुन् । घरमा बस्दा पनि अनिवार्य मास्क लगाउन भनेको अमलाचौर स्वास्थ्य चौकीकी अनमी कल्पना शर्माले बताए । ‘‘शुरुमा लापरवाही थियो, जथाभावी हिंड्ने पनि थिए, गाली गरियो, सम्झाइयो अनिमात्र सुधार भएको छ’’, शर्माले भने, ‘‘लक्षण देखिएमा कोरोना परीक्षणमा पनि पठाइएको छ ।’’
बलेवा क्षेत्रमा मात्रै अझैपनि ३५० बढी सक्रिय सङ्क्रमित छन् । घरघरमा सङ्क्रमण अझै बढ्ने खतरा रोक्न बाहिर निस्कन कडाइ गरिएको उनले बताए ।
यतिबेला गाउँगाउँमा खेतीपातीको समय छ । ताराखोला, ढोरपाटन, बडिगाडका उच्च पहाडी क्षेत्रमा मकै गोड्ने, उच्च स्थानमा आलु खन्ने काम भैरहेका छन् । ‘‘काम त गर्नैपर्छ, तर सर्तकता अपनाएका छौं’’ ताराखोला गाउँपालिका–२ का अध्यक्ष भद्रबहादुर घर्तीले भने, ‘‘बारीमा पनि सामाजिक दुरी कायम गरेका छौं ।’’ यो वर्ष अघिल्लो वर्षझै पर्म लगाउन नसकेको उनको भनाइ छ । पर्मका लागि मानिस जुटाउँदा सङ्क्रमणको डर भएकोले एक्लाएक्लै काम गरिएको उनले बताए ।
गलकोटमा पनि खेताला नपाउने समस्या परेको स्थानीयवासी बताउँछन् । बडिगाडका किसानले यतिबेला बढी सास्ती खेपेका छन् । यहाँ धेरै सङ्क्रमित भेटिएका छन् । धेरै जनाको मृत्यु भएकाले कतिपय सामान्य लक्षण भएका पनि कमजोर बनेकाले घरको कामसमेत गर्न नसकेको स्थानीयवासी झविन्द्र बुढाथोकीले बताउनुभयो । ‘गाइभैँसीलाई घाँसपात पनि गर्न नसकेर भित्रै बसेकाहरु पनि छन्’’ उनले भने, ‘‘वैशाखको २० पछि खेतीपातीमा ध्यान दिनै पाइएको छैन ।’ चरनमा लैजाने किसानले यसपटक पशुलाई घरमै बाँधेर राखेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस