• जीवनशैली | Jiwanshaili
  • ग्यास चुहावटबाट ७ जनाको मृत्यु


    एजेन्सी ।  चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ ।

    सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मर्मत भइरहेको समय आगलागी हुँदा कारखानामा काम गरिरहेका श्रमिकहरूलाई स्वासप्रश्वासमा समस्या भएको र उनीहरूमध्ये सातको उपचारका क्रममा मृत्यु भएको काउन्टीको प्रचार विभागले मंगलबार जानकारी गराएको छ ।

    आगलागीका कारण सात श्रमिक बेहोस बनेका थिए । अधिकारीहरूले हाल दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार