एसईई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै
काठमाडौँ कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसईई० बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै एसईईबारे एकदुई हप्ताभित्र निर्णय गरिने बताए । ‘गल्लीगल्ली डटइन्फो’ले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा प्रवक्ता शर्माले शिक्षक र अभिभावक तम्तयार र उनीहरुबीचको जीवन्त सम्पर्क नभएकाले सिकाइ तथा मूल्याङ्कन सफल नहुने भएकाले विभिन्न माध्यमको प्रयोग गरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।
उनले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिकसत्र सञ्चालन गर्न सक्ने स्पष्ट गरे । कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्नेछ । बालबालिका विज्ञ डा मीनाक्षी दाहालले विषम स्थितिमा बालबालिकालाई समग्र मनोवैज्ञानिक पक्षमा नकारात्मक असर पार्न नहुने बताए । अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शिक्षक र विद्यार्थीलाई सहजरुपमा सूचना प्रविधिका साधनमा जोड्नका लागि तीनै तहका सरकारले प्रभावकारी काम नगरेको गुनासो गरे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस