• जीवनशैली | Jiwanshaili
  • लागुऔषध सहित १ जना युवक पक्राउ

    सर्लाही- सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित राजबेरी इलाकाबाट सशस्त्र प्रहरीको टोलीले लागु औषधी सहित एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ बस्ने २१ वर्षीय प्रमोद कुमार महतो छन् । महतोको साथबाट सशस्त्रको टोलीले १ सय २० बोतल लागूऔषध बरामद गरेको छ ।

    पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ बस्ने २१ वर्षीय प्रमोद कुमार महतो छन् । महतोको साथबाट सशस्त्रको टोलीले १ सय २० बोतल लागूऔषध बरामद गरेको छ ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका महतोलाई सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिभुवन नगरबाट खटिएको टोलीले शंका लागेर सर्च गरेको थियो । खानतलासी लिँदा सो लागु औषध फेला परेको हो । उनलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस

    थप समाचार