• जीवनशैली | Jiwanshaili
  • विषालु च्याउ खादा एक जनाको मृत्यु तीन जना बिरामी


    मकवानपुर । मकवानपुरमा विषालु च्याउ खादा एक जनाको मृत्यु भएको छ भने तीन बिरामी परेका छन्।

    बकैया गाँउपालिका–१० को चकमकेमा विषालु च्याउ खादा १५ वर्षीय प्रतिमा घलानको मृत्यु भएको हो। विषालु च्याउ खाएर ४० वर्षीया ठूलीमाया घलान, २० वर्षीया बास्नामाया घलान र १७ वर्षीया विपना घलान बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।

    प्रतिमाको स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि हेटौंडाको चुरेहिल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। अन्य तीन जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार