• जीवनशैली | Jiwanshaili
  • हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ५३ लाख ८० हजार दुई जना पक्राउ


    वीरगञ्ज । पर्साको वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ५३ लाख ८० हजार नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने १९ वर्षका प्रकाश जैसवाल रहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको डीएसपी खनालले बताए ।

    झोला बोकेर हिँडिरहेका जैसवाललाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनले बोकेको झोलाबाट २४ लाख नगद फेला पारेको र उनले दिएको बयानका आधारमा गुप्ताको डेरामा खानतलाशी गर्दा थप २९ लाख ८० हजार फेला परेको डीएसपी खनालले जानकारी दिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार