आगो लगाएर आमा-छोरीको हत्या गर्ने प्रयास : श्रीमान पक्राउ
डोटी / डोटीमा एक महिलाको आगो लगाएर हत्या प्रयास भएको छ।
बुधबार राति अज्ञात व्यक्तिले आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटको शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगोले जलेर लक्ष्मी र उनकी ३ वर्षीया छोरी अन्जु घाइते भएका छन्। उनीहरूको दीपायलमा उपचार हुँदैछ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले घटनापछि उनका श्रीमानलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए।
उनीहरूको हात खुट्टा र शरिर जलेको छ।
आफ्नै पसलमा सुतिरहेका बेला शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
घरायसी विवाद देखिएकाले परिवारकै कसैले यस्तो गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस